भारतका लागि राजदूतमा नीलाम्बर आचार्य सिफारिस

काठमाडाैं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बैठकले उक्त निर्णय गरेको हो ।

आचार्य नेपाल–भारत सम्बन्ध पुनरावलोकन निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का सदस्य छन् । पूर्वमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा दुवै देश तर्फबाट गठित उक्त समितिले १९५० को सन्धि लगायत नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषय पुनरावलोकन गरी सुझाव दिनेछ। यसले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ ।

आचार्य २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषदमा कानुन तथा न्याय मन्त्री थिए। उनी श्रीलंकाका राजदूत पनि रहिसकेका छन् । सरकारले भारतका लागि राजदूतमा यसअघि नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक अंगका प्रमुख रहिसकेका व्यक्तिलाई राजदूत नियुक्त गर्नु हुँदैन भनी विवाद भएपछि कार्यान्वयन हुन सकेन ।

संवैधानिक अंगको नियुक्ति पाएका व्यक्तिलाई कुनै पनि सरकारी पदमा नियुक्ति नदिने व्यस्था संविधानमै लेखिएको छ । संवैधानिक पदाधिकारीले भविष्यमा पाउने पदको आसमा सरकारलाई रिझाउने काम नगरून् भन्ने संविधानको मर्म हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) का लागि कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ। पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन् । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस