वर्थ डे पार्टीमा बोलाएर युवती र किशोरीमाथि सात जनाद्वारा बलात्कार

काठमाडाैं । सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाएर २० वर्षीया युवती र १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लहान–११ भेडिया टोलका हरि चौधरीले एक युवती र एक किशोरीलाई आफ्नो वर्थ डे पार्टीमा बोलाएर बलात्कार गरेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्।

किशोरी र युवतीलाई चौधरीसहित सात जनाले सामुहिक बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। घटना तिहारको भाइटिकाको दिन भएको हो। चौधरीले युवती र किशोरीलाई मेरो वर्थ डे पार्टी छ भन्दै मोटरसाईकलमा चडाएर घर लगेपछि जबर्जस्ती करणी गरेका हुन्। घटनामा संलग्न चौधरीसहित सातै जना फरार छन्।

पीडित किशोरी र युवतीले बलात्कारमा संलग्न तीन जनालाई चिनेको चार जनालाई भने नचिनेको बताएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस