काठमाडाैं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ। आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए। यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो। ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न …
पुरा पढ्नुहॊस »विवाहित छाेरीले पनि अाम्दानीकाे १०% अामाबुबालार्इ दिनैपर्ने
काठमाडाैं । सरकारले बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ । मन्त्रालयका सहसचिव वीरबहादुर राईले …
पुरा पढ्नुहॊस »स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा पहिलो महिला एआइजी
काठमाडौ । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला …
पुरा पढ्नुहॊस »अब संचयकर्तालाई ४२० रुपैयाँमै ११ लाखको स्वास्थ्य बीमा
काठमाडाैं । संचयकर्तालाई अब ४२० रुपैयाँमा ११ लाख बराबराको स्वास्थ्य बीमा सुविधा पाइने भएको छ । कर्मचारी संचय कोषले आउँदो मंसिर १ गतेदेखि संचयकर्ताका लागि उक्त सुविधासहितको स्वास्थ्य बीमा गर्ने भएको हो । सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख रुपैयाँको कभर हुने गरी स्वास्थ्य बीमा गराउन लागिएको कोषले जनाएको छ । कोषले संचयकर्ताको स्वास्थ्य बीमा गर्ने राष्ट्रिय बीमा कम्पनी …
पुरा पढ्नुहॊस »पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड
काठमाडाैं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लन्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । सीईओ जोशीलाई ‘इन्टरनेसनल इन्स्टिच्युट फर पिस थु टुरिजम’ नामक संस्थाले ‘च्याम्पियन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो । यूएनडब्लूटीओका पूर्वमहासचिव डा. टेल रिफाईले जोशीलाई सो अवार्ड हस्तान्तरण गरेका हुन् । यो अवार्ड नेपालले पहिलोपटक पाएको हो । नेपालसहित जमैकाले पनि अवार्ड पाएको छ । ४० देशका करिब ३ सय जना पर्यटन …
पुरा पढ्नुहॊस »सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु
सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक विदेशी पर्यटकको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए । मृत्युको कारण भने खुल्न सकेको छैन । आइतबार …
पुरा पढ्नुहॊस »२५ स्थानमा केबुलकार सञ्चालन गर्न प्रस्ताव
काठमाडाैं । नेपालका थप २५ स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै …
पुरा पढ्नुहॊस »२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल
काठमाडाैं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयू २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयू २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा वढाउन लागिएको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन् । आफ्नै नीति लागू गराउन नसकेको सरकारले व्यवसायीको दवावमा अर्को निर्णय गर्न लागेको छ। यसमा वातावरण मन्त्रालयले मौन समर्थन जनाएको छ । भारतमा …
पुरा पढ्नुहॊस »संघीयता कार्यान्वयनः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने
काठमाडाैं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृहमन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० लाई परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्माबाट विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढ्नेछ । यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । अहिले विशिष्ट र अतिविशिष्ट ब्याक्तिहरूको सुरक्षामा …
पुरा पढ्नुहॊस »कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?
काठमाडाैं । अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ । कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था पनि आउन सक्छ । सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिएका हुँदैनौँ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु कलेजो रोगको प्रारम्भिक लक्षण …
पुरा पढ्नुहॊस »