आफ्नै पार्टीसँग यसरी सरोकारविहीन बन्दैछन् प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपाको ४५ सदस्यीय स्थायी समिति छ। ढिलोमा तीन महिनाभित्र बैठक बस्नु पर्ने व्यवस्था विधानमा छ। पार्टी स्थायी समितिको बैठक २१ असारमा बसेको थियो। त्यसयता चार महिनामा पाँच पटक बैठक स्थगित भएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

दुई पार्टीबीचको एकीककरण हस्ताक्षर गर्ने प्रयोजनका लागि १० जेठमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको थियो। तर, त्यसमा कुनै छलफल भएन। केन्द्रीय कमिटिमा ४४१ सदस्य भए पनि उनीहरुले कुनैपनि विषयमा बैठकमा छलफल गर्न पाएका छैनन्।

नेकपाको विधानमा केन्द्रीय कमिटिको एकतिहाइ सदस्य रहने गरी पोलिटव्यूरो गठन गर्ने भनिएको छ। यो हिसावले १४७ जनाको पोलिटव्युरो गठन हुनसक्छ। तर, प्रदेश र जिल्ला कमिटी गठनमै विवादमा परेको नेतृत्वले पोलिटव्यूरो बनाउन सकेको छैन।

प्रधानमन्त्री केपी ओलीले महिनामा दुईपटक पार्टी कार्यालय जाने र नेता कार्यकर्तासँग कम्तीमा दुई घन्टा छलफल गर्ने घोषणा गरेका थिए। तर १ साउनमा पार्टी कार्यालय धुम्बाराही पुगेपछि ओली पार्टी कार्यालय गएका छैनन्। प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरु पनि पार्टी कार्यालय जाँदैनन्। पार्टीमा सरकारको समीक्षा नभएको चार महिना भइसकेको छ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले तीनै तहका सरकार ठिक ढंगले नचलेको भन्दै आलोचना गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस