समाचार

एनसेल लाभकर मुद्दाको सुनुवाइ रहस्यपूर्ण ढंगले स्थगित

काठमाडाैं । विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ। सर्वोच्च अदालतका पाँच न्यायाधीश रहेको पूर्ण इजलासमा अन्तिम सुनुवाइ भइरहेको सो मुद्दा हेर्दाहेर्दैको अवस्थामा थियो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेसी सूचीबाटै सो मुद्दा स्थगित गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा अनन्तराज लुँइटेलले लेखेका छन्। ‘अन्तिम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्दा दैनिक पेसी सूचीबाटै स्थगित हुनुलाई स्वाभाविक मान्न …

पुरा पढ्नुहॊस »

वाइडवडी जापान उड्ने अन्तिम तयारीमा

काठमाडाैं । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उड्ने अन्तिम तयारीमा छ। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो। निगमले नयाँ जहाज खरिदसँगै पुनः सीधा उडान गर्न लागेको खबर आजको कारोबार दैनिकमा केदार दाहालले लेखेका छन्। निगमले हालै खरिद गरेको एयरबस–३३० वाइडवडी जहाजबाट जापान उडान गर्नेछ। निगमले माघदेखि सातामा तीन दिन काठमाडौँ–ओसाका उडान गर्नेछ।

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले पेट्रोल र डिजेल तथा पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११४ रुपैयाँ थियो । यसैगरी डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १०१ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै घटेपनि नेपालमा नघटाइएको भन्दै आलोचना भएको थियो …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीज्यु- ‘तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’

काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुनै धर्म प्रचारक संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले थाप्दा देशकै अपमान भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिश्रले देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउँदा सम्मान नभई अपमान भएको बताउनुभएको हो । ‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’, मिश्र लेख्नुहुन्छ, ‘यो त अति भयो, तपाई देशको प्रधानमन्त्री हामी सबैको प्रधानमन्त्री तर देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार …

पुरा पढ्नुहॊस »

भारतीय अनुसन्धानकर्ताको दाबीः पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जान्छ

काठमाडौं । पश्चिम नेपाल र भारतको सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर एड्भान्स सेन्टर रिसर्च’ नामक अनुसन्धान संस्थाले जनाएको भन्दै हिमालय नजिकै छिट्टै नै ८.५ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी गरेको हो । रिसर्च सेन्टरका वैज्ञानिक सीपी राजेन्द्रले भने– ‘मध्य हिमालयमा निकट भविष्यमा जुनसुकै बेला ८.५ रेक्टरस्केल आसपासको …

पुरा पढ्नुहॊस »

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

काठमाडाैं । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो । उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा थिए ।

पुरा पढ्नुहॊस »

अछामकाे मेल्लेख गाउँपालिका छाउगोठ मुक्त घोषणा

अछाम । मेल्लेख गाउँपालिका-१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल-२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिए । जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा समूह र अन्य सरोकारवालाको सक्रियतामा ऋषिदहमा छाउपडी मान्ने प्रचालन पूर्ण रुपमा अन्त्य भएको जनाइएको छ …

पुरा पढ्नुहॊस »

एकान्तकुनामा स्कुटर दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

काठमाडाैं । ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक ट्राफिक प्रहरीको ज्यान गएको छ । एकान्तकुमा आइतबार राति भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान सुमनप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान कँडेलले चलाएको बा ९४ प ६११७ नम्बरको स्कुटर राति ९ बजे दुर्घटनामा परेको हो । सडकमा लडेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारले अल्का अस्पताल लगेको थियो । कँडेलको उपचारको …

पुरा पढ्नुहॊस »

काठमाडौंको जोरपाटीबाट पाँच लाखसहित पक्राउ परे १३ जुवाडे

काठमाडाैं । काठमाडौंको एक गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच लाख रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको छ । जोरपाटीको नयाँबस्तीमा राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेस्ट हाउसबाट मध्यराति प्रहरीले ५ लाख ३१ हजार रुपैयाँसहित १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो । बौद्धस्थित महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी टोलीले १६ थान कौडासहित उनीहरूलाई समातेको हो । ठूलो समूहमा ठूलो रकमको साथ जुवा खेलिरहेको भन्ने गोप्य …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै कांग्रेसले भन्यो-‘चौतारीमा राजा भेटिए’

काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले ‘चौतारीमा राजा भेटिए’ को शैलीमा प्रधानमन्त्री केपी ओलीको भड्किलो व्यक्ति केन्द्रीत प्रचार गरिएको भन्दै भत्सर्ना गरेको छ। मुख्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै काग्रेसले ओलीको आलोचना गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘यो कस्तो नयाँ युग जहाँ प्रधानमन्त्रीको तस्बिर टोलटोलमा, बिजुलीका पोलपोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर पोस्टर टाँस्दा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने?’ कांग्रसले भनेको छ।

पुरा पढ्नुहॊस »