प्रधानमन्त्रीज्यु- ‘तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’

काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुनै धर्म प्रचारक संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले थाप्दा देशकै अपमान भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिश्रले देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउँदा सम्मान नभई अपमान भएको बताउनुभएको हो ।

‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’, मिश्र लेख्नुहुन्छ, ‘यो त अति भयो, तपाई देशको प्रधानमन्त्री हामी सबैको प्रधानमन्त्री तर देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउने ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सम्पन्न एसिया प्यासिफिक समिटमा युनिभर्सल पीस फेडेरेसनले ‘गुड लिडरसिप एन्ड गभरनेन्स अवार्ड’ प्रदान गरेको थियो ।

संयोजक मिश्रले देशमा खराब नेतृृत्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएकाे छ ।

‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदी सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?’ -उहाँले अगाडि लेख्नुभएकाे छ । ‘बारम्बार नागरिककै मत जितेर आउनुभएकोले हामी नेपाली तपाईँकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले लेख्नु भएकोछ, ‘तर अब तपाईँको त्यो भ्रम लामो समय टिक्नेवाला छैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds