भारतीय अनुसन्धानकर्ताको दाबीः पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जान्छ

काठमाडौं । पश्चिम नेपाल र भारतको सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर एड्भान्स सेन्टर रिसर्च’ नामक अनुसन्धान संस्थाले जनाएको भन्दै हिमालय नजिकै छिट्टै नै ८.५ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी गरेको हो ।

रिसर्च सेन्टरका वैज्ञानिक सीपी राजेन्द्रले भने– ‘मध्य हिमालयमा निकट भविष्यमा जुनसुकै बेला ८.५ रेक्टरस्केल आसपासको भुकम्प जानसक्छ । ’भू–वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरुले गुगल अर्थ र इण्डियन स्पेस एजेन्सीले खिचेको भुगर्भसम्बन्धी तस्वीरको आधारमा उक्त भविष्यवाणी गरेको दाबी समेत गरेको छ ।

उसका अनुसार पश्चिम नेपालको मोहना खोला भारतको चोर्गाल्लियासम्मको क्षेत्रभित्र केन्द्रविन्दु भई भुकम्प जान सक्नेछ । अनुसन्धान रिपोर्ट भन्छ, ‘हाम्रो निष्कर्ष छ कि यसअघि सन् १३१५ र १४४० को बीचमा मध्य हिमालयको यो क्षेत्रमा भुकम्प गएको थियो र आसपासका ६०० किलोमिटरमा धक्का पुर्याएको थियो ।

त्यस्तो भुकम्प ६०० देखि ७०० वर्षमा दोहोरिने गर्छ ।’ उक्त अनुसन्धान संस्थाकै एक अनुसन्धानकर्ता अरुण बापत जसले २००४ मा हिन्द महासागरको सुनामीको भविष्यवाणी गरे, उनले भने –‘हिमालयमा अनुमानित ठूलो परिमाण भूकम्पले सम्भवतः २०१८ वा यसको नजिकको हुन सक्छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस