समाचार

बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पक्राउ परेका चौधरीलाई आजै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको थियो । सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित …

पुरा पढ्नुहॊस »

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । अरुण औद्योगिक-व्यापारिक घराना चौधरी ग्रुप …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा वर्षा र हिमपात, किसानलाई राहत

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार बिहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भएको छ । डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, …

पुरा पढ्नुहॊस »

यात्रुको झोलाबाट पैसा चोर्ने निगमका लोडर पक्राउ

काठमाडौं । यात्रुको झोलाबाट पैसा चोरेको आरोपमा नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का लोडर पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका एक यात्रुको झोलाबाट पैसा चोर्ने दैलेखको महावु गाउँपालिकाका–३ घर भएका ३५ वर्षीय देवबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनले याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरेका थिए । आफ्नो झोलाबाट पैसा चोरी भएपछि सुब्बाले उजुरी दिएका थिए । उनको उजुरीका आधारमा सिसिटिभी फुटेज चेक गर्दा उनले …

पुरा पढ्नुहॊस »

फेरियो विवाह संस्कृति : हराउँदै परम्परागत म्याना, घोडा चढ्दैनन् बेहुला

बाजुरा । विवाहमा प्रयोग हुँदै आएको डोली (म्याना) लोप हुँदै गएको छ । गाउँघरमा सडक यातायातको पहुँचसँगै सवारीसाधनको प्रयोग बढेपछि भने परम्परागत डोली हराउन थालेको हो । छदेखि सात फिट लामो र गोलो कुर्सी आकारको डोलीमा रातो कपडाले छोपेर त्यसभित्र बेहुलीलाई राख्ने गरिन्छ । सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा विवाहमा डोली प्रयोग हुँदै आएको गियो । तर अहिले अधिकांश गाउँबस्तीमा विवाहमा दुलही बोक्ने डोली प्रयोग हुँदैन । डोली बिस्तारै लोप हुँदै गएको बाजुराको खप्तड …

पुरा पढ्नुहॊस »

बझाङको केदारस्यूँबाट दाजुभाइ बेपत्ता

काठमाडाैं । बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए। जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन्। राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग …

पुरा पढ्नुहॊस »

बैङ्लोरमा बितिन् बझाङकी ३१ वर्षीया नारदा थापा

बझाङ । भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका-१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो । सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् । घटनामा घाइते भएका मृतक थापाका छोरा …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौं । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिए। उनले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताए । आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, …

पुरा पढ्नुहॊस »

पश्चिम नेपालमा हिमपात, किसानमा छायो खुसी

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको हो । सुदूरपश्चिमका डडेल्धुरा, दार्चुला, बैतडी, डोटी, अछाम, बाजरा र बझाङका उच्च क्षेत्रमा हिमपात भएको छ भने प्राय सबै क्षेत्रमा हल्का वर्षा भइरहेको छ । यता जुम्लामा पनि बिहानैदेखि हिमपात भएको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । लुम्बिनी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागमा हुस्सु लागेको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक …

पुरा पढ्नुहॊस »