काठमाडौं । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार बिहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भएको छ ।
डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको साहुखर्क, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जानकारी आएको छ ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएको छन् । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि अगुवाहरुको भनाई छ ।
प्रतिकृया दिनुहॊस