बाँसबारी जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पक्राउ परेका चौधरीलाई आजै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको थियो । सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सीआईबीले आजै चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । १५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको अनुसन्धान शुरू गरेको थियो । तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो ।

बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गामा सरकारको नाममा रहेको शेयरसमेत एकैपटक चौधरी समूहले आफ्नोमा नामसारी गरेर १० रोपनी सरकारी जग्गा नै निजी सम्पत्ति बनाएको खुलेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस