समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर, सुनाइयो कैद र जरिवाना

काठमाडौं । सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ । २०७९ साउन १७ गते अपराह्न नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रकमसहित अख्तियारको फन्दामा …

पुरा पढ्नुहॊस »

लगानीको वातावरण बिथोलियो : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोध साँधेको बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई समातेपछि सांसद चौधरीले यस्तो बताएका हुन् । कांग्रेस संसदीय दलको बैठकमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सरकारले उद्योगी व्यवसायीलाई तर्साएर लगानीको वातावरण बिथोलेसमेत आरोप लगाए । ‘धेरै अघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको छ,’ उनले भने, ‘लगानी सम्मलेन गर्न लागिरहेको समयमा यस्ता …

पुरा पढ्नुहॊस »

धनगढीस्थित जुत्ता पसलको गोदाममा आगलागी

काठमाडौं । कैलालीको धनगढीस्थित एक जुत्ता पसलको गोदाममा शुक्रबार आगलागी भएको छ । धनगढी उपमहानगरपालिका २ स्थित साल्टट्रेडिङ भवनमा रहेको निरा प्रसाईको पाथिभरा इन्पोरियममा लागलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । जुत्ता तथा चप्पल गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जुत्ता चप्पलका सामानहरु जलेर १ करोड ५० लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन् । दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम …

पुरा पढ्नुहॊस »

कामपाले वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्ने, कसरी गर्ने वर्गीकरण ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए …

पुरा पढ्नुहॊस »

रुसी सेनाबाट बाँचेर नेपाल आएका सुमन भन्छन्- हामीलाई नापी नापी हान्छन्

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती …

पुरा पढ्नुहॊस »

आगोले जलेर दुई महिलाको मृत्यु

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो । खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो । लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको …

पुरा पढ्नुहॊस »

ट्राफिक जवान महतोमाथि कार्यालयमै छुरा प्रहार

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए। उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय …

पुरा पढ्नुहॊस »

बाँसबारी जग्गा प्रकरण अरुण र अजितनारायणलाई चिरायुबाट ग्रान्डी अस्पताल लगियो

काठमाडौं । सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ता कारखानाका तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल सारिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतका अनुसार शुक्रबार उनीहरुलाई चिरायुबाट ग्रान्डी अस्पताल लगिएको हो । चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआईबीले बताएको छ । त्यसअघि बिहीबार उनिहरुलाई चिरायु भर्ना गरिएको थियो । काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि थापा र चौधरीलाई अस्पताल …

पुरा पढ्नुहॊस »

पोलमा ठोक्कियो बाइक, ३३ वर्षीय गिरीको मृत्यु

काठमाडौं । भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३-०२-००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका-७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो । ​ गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी …

पुरा पढ्नुहॊस »