काठमाडौं । यात्रुको झोलाबाट पैसा चोरेको आरोपमा नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)का लोडर पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका एक यात्रुको झोलाबाट पैसा चोर्ने दैलेखको महावु गाउँपालिकाका–३ घर भएका ३५ वर्षीय देवबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरेका थिए । आफ्नो झोलाबाट पैसा चोरी भएपछि सुब्बाले उजुरी दिएका थिए ।
उनको उजुरीका आधारमा सिसिटिभी फुटेज चेक गर्दा उनले नै पैसा चोरेको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लोडर सुनारलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
उनलाई चेकजाँच तथा खानतलासी गर्दा १९ हजार ४ सय थाई भाट फेला समेत परेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




