बझाङको केदारस्यूँबाट दाजुभाइ बेपत्ता

काठमाडाैं । बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्।

मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए।

जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन्। राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए।

जेठी आमा घरको कामले बाहिर गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ।

कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस