चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँग भएको सहमति तोडियो

काठमाडौं । बहुचर्चित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएकाे छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिकाे आजकाे बैठकले नेपाली कांग्रेसको विरोधका बीचमै एकपक्षीय रुपमा डा गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित गरेकाे हाे। केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्‍याउँदै विधेयक पारित गरेका हुन्।

यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ। समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरे।  ‘हाम्रो अनुभवको आधारमा भन्न सकिन्छ, विधेयकले अस्तव्यस्ततालाई निरन्तरता दिएको छ’, थापाले भने, ‘हिजो अख्तियार र अदालतको दबाबमा टियू र केयूले थप सम्बन्धन दिए। अब पनि त्यो निरन्तर रहने भएको छ।’

उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो। उता डा केसीले उपसमितिको प्रतिवेदन आएलगत्तै सहमति विपरीत विधेयक निर्माण भएको भन्दै अनसन बस्ने घोषणा गरिसकेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस