समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्रिक्वेन्सीमा समस्या, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा समस्या आउँदा काठमाडौंबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बिहान ९ः३० बजेदेखि रेडियो फ्रिक्वेन्समिा केही समस्या आएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानुपर्ने विमान उड्न सकेको छैन । क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा समस्या भएको थियो । यद्यपी एप्रोचको समस्या भने अहिले समाधान भइसकेको छ । अब एरियाको …

पुरा पढ्नुहॊस »

नुवाकोट जिल्ला अस्पतालमा रगत अभाव, सुत्केरी हुनेलाई समस्या

नुवाकोट जिल्ला अस्पतालमा रगतको अभाव भएको छ। त्रिशूलीस्थित अस्पतालमा नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा रगत अभाव भएको हो। गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ। तर रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता रहेको अस्पतालस्थित रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताइन्। उनका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन्। अस्पतालका डा. मधुकर दाहालका अनुसार धेरैजसो शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको छ। उनले भने, …

पुरा पढ्नुहॊस »

मोटरसाइकल दुर्घटनामा चालक र पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् । युवराजको भरतपुर अस्पतालमा …

पुरा पढ्नुहॊस »

प्लान इन्टरनेश्नलमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । प्लान इन्टरनेश्नलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विभिन्न सात पदमा सात कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »

बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित, बसपार्कमा फोहोरको थुप्रो

काभ्रे । काभ्रेको बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको छ । विगत २० दिनदेखि नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धित बनेको हो । नगरपालिकाको फोहर अहिले बसपार्क क्षेत्रमा थुपारिएको छ । फोहोरका कारण नगरवासीसहित बसपार्कका व्यवसायी र यात्रु मारमा परेका छन् । यसअघि प्रयोग गरिँदै आएको आईटीपार्क अगाडिको डम्पिङ साइटमा आसपासका बासिन्दाले फोहोर फाल्न नदिएपछि अहिले नगरभित्रको फोहोर बसपार्कमा ल्याएर थुपारिने गरेको हो । बसपार्कमा मात्र नभई नगरका प्रमुख चोक र विद्यालय …

पुरा पढ्नुहॊस »

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

रोल्पा । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्। सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्वारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। अन्यको सुलीचौर प्राथमिक …

पुरा पढ्नुहॊस »

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनले सोमबार मात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए। आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाँचमध्ये तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। उक्त मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो।

पुरा पढ्नुहॊस »

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जागिर खुल्यो, निर्देशकदेखि खरिदारसम्म माग

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडामा रिक्त रहेको पदमा निर्देशकसहित १८ जना कर्मचारीको माग गरेको छ। केन्द्रले यसै चालु आर्थिक वर्षका लागि करारमा नियुक्ति गर्न कर्मचारी माग गरेको हो। मागअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर दुई र सिस्टम एडमिनिस्ट्रेटर एकजना माग गरेको छ। त्यस्तै इलेक्ट्रीकल टेक्निसियन दुई जना, कम्प्युटर टेक्निसियन एक र खरिदार दुईजना …

पुरा पढ्नुहॊस »

गोपाल खड्काविरूद्ध अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

काठमाडाैँ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको दावीसहित अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। खड्काले नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आयभन्दा १८ करोड ६६ लाख ५ हजार रूपैयाँ बढी आर्जन गरेको अख्तियारको …

पुरा पढ्नुहॊस »

जापान लैजाने कामदारको छनोट प्रतिष्पर्धाबाट, बिचौलिया नियन्त्रण गर्न संयन्त्र बन्ने

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगाेले नेपाली कामदार जापान लैजाने प्रकिया शुरू भएकाे नेपाल सरकारलाइ जानकारी दिएका छन् । नेपाली कामदारलारइ जापान लैजाने प्रकिया शुरू नभएकाे श्रम विभागले दावी गरिरहेकाे बेलामा राजदूत साइगाेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगले कामदार लैजाने प्रकिया शुरू भएकाे जानकारी दिएका हुन् । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई प्रतिस्पधी, पारदर्शी तथा भरपर्दो बनाइने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री …

पुरा पढ्नुहॊस »