समाचार

विश्वमा कुन देशको सैन्य शक्ति कति ? यी हुन् सेना नै नभएका देश

काठमाडाैँ । सीमा सुरक्षा विश्वका हरेक देशको प्राथमिकताको विषय हो। देशभित्र र बाहिरबाट हुनसक्ने सम्भावित हमला रोक्न सीमानामा सैनिक तैनाथ गरिएको हुन्छ। तर, शक्तिशाली देशको उद्देश्य यतिमा मात्रै सीमित रहन्छ भन्ने होइन। विश्वभर आफ्नो प्रभुत्व कायम राख्न उनीहरुले सेनाका लागि ठूलो धनराशी खर्चेका हुन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अमेरिकाः संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ। अमेरिकासँग २० लाख ८३ हजार १ सय भन्दा धेरै सेना छ। विश्वका …

पुरा पढ्नुहॊस »

रासायनिक मलमा यसरी हुँदैछ करोडौँको खेल

काठमाडाैँ । सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनीले रकमको चलखेल गर्न मल आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको छ। यसरी म्याद थप्दा एकातिर मल चाहिने बेलामा किसानले चर्को अभाव व्यहोर्छन्, अर्कोतिर लाखौं रुपैयाँ रकम घोटाला हुन्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्। कृषि सामग्रीले ‘जानाजान’ हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कूल खपतको करिब ७५ प्रतिशत मलको आयात तथा …

पुरा पढ्नुहॊस »

काठमाडौँ–तराई द्रुतमार्ग : निर्माण कार्य तीव्र पारियाे

काठमाडौँ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्रया) को निर्माण कार्य तीव्र पारिएको छ । द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएका नेपाली सेनाका अनुसार विभिन्न २८ वटा कम्पनीसँग भएको निर्माण सम्झौतासँगै राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई दु्रतमार्ग निर्माण कार्यलाई थप पारिएको हो। अहिलेसम्मको भौतिक प्रगति शत्प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको नेपाली सेनाले जानकारी गराएको छ । नेपाली सेनाका प्रवक्ता …

पुरा पढ्नुहॊस »

मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी  चोकमा मोवाइलको ब्याट्री पड्किंदा  एक  बालकको मृत्यु भएको छ भने एक बालिका  गम्भीर  घाईते भएकी छिन । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको भने  छ  स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डिल्लीराज अर्याल नियुक्त

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । मन्त्रालयबाट नियुक्तिको पत्रसँगै बिहीबार नै अर्यालले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा हाजिर गरेका छन् । तत्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो ।

पुरा पढ्नुहॊस »

डेढ दर्जन देशका पर्यटन व्यवसायी लुम्बिनीमा

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) शुरु भएको छ । मार्टको शुक्रबार (आज) लुम्बिनीस्थित पवित्र उद्यानमा औपचारिक उद्घाटन हुंदैछ । नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि १७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०७६ र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई …

पुरा पढ्नुहॊस »

बुबाले चलाएको बसले किच्दा छोराको मृत्यु

दमौली ।  बन्दीपुर गाउँपालिका–४ मा बसले किच्दा एक किशोरको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुबा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा किच्दा विश्वास घाइते भएका थिए। उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। किशोरका बुबा प्रहरी नियन्त्रणमा छन्।

पुरा पढ्नुहॊस »

यातायात व्यवस्था विभागले मोटर बीमाको बीमांक रकम बढाउने तयारी

काठमाडौं ।यातायात व्यवस्था विभागले सवारी साधन दुर्घटना बीमाको बीमांक रकम बढाउने तयारी गरेको छ । विभागले र सवारी साधनको दुर्घटना मृत्यूमा भएमा १० लाख, मेरुदण्ड र टाउँकोमा चोट लागेको खण्डमा १५ लाख रुपैयाँ र उपचार खर्च बापत ६ लाख रुपैयाँ भुक्तानी पाउने व्यवस्था गर्न लागेको विभागका सुचना अधिकार गोकर्ण प्रसाद उपाध्यालले बताएका छन् । विभागले उक्त प्रस्ताव भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा पठाएको छ । तर, यातायात व्यवसायी भने दुर्घटनाको …

पुरा पढ्नुहॊस »

रक्षामन्त्री पोखरेल र अमेरिकी सेनाको इन्डो प्यासिफिक प्रमुख बीच भेटवार्ता

काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा मन्त्री पोखरेलसँग भेट गरे। डेभिड्सन दुईदिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका हुन्। मन्त्री पोखरेलसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एसिया प्यासिफिक क्षेत्रभित्र पर्ने इन्डो प्यासिफिक क्षेत्रको सुरक्षा चुनौतीबारे छलफल भएको छ। यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिकाबारे कुराकानी भएको थियो। साथै अमेरिकी सेनाले …

पुरा पढ्नुहॊस »

नेपाल खाद्य संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल खाद्य संस्थानले विभिन्न रिक्त पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानको पदपूर्ति समितिले आन्तरिक र खुल्लातर्फ दुबैका सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

पुरा पढ्नुहॊस »