कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए आज पनि संसद बैठक चल्न नदिने

काठमाडाैं ।  प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएपछि कांग्रेस सांसदहरुले यसअघि आइतबारको बैठकमा विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

आजको बैठकमा पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए बैठक चल्न नदिने कांग्रेसको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने माग गर्दै आइरहेको छ । सभामुख महराले प्रश्नोत्तर सेसनमा मात्रै प्रधानमन्त्रीलाई प्रश्न राख्न पाइने भन्दै प्रश्न सोध्न अनुमति नदिएपछि काँग्रेस सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आजको बैठक पनि चल्न नदिने बताएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस