समाचार

छाउपडी मान्नेको सुविधा कटौती गरिने

अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ । “अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका …

पुरा पढ्नुहॊस »

पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि, २०१८ मा १२ लाख भित्रिए

काठमाडाैँ । सन् २०१८ मा नेपालमा इतिहासमै सबैभन्दा धेरै पर्यटकको आगमन भएको छ। यो वर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष २४.८ प्रतिशतले पर्यटन आगमनमा वृद्धि भएको हो। अघिल्ला वर्षजस्तै यो वर्ष पनि धेरै पर्यटन भित्रिने देशमा भारत र चीन नै रहेका छन्। त्यसपछि क्रमश यूएसए, श्रीलंका र यूके छन्। यो वर्ष भारतबाट दुई लाख चार सय ३८, चीनबाट एक लाख …

पुरा पढ्नुहॊस »

कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए आज पनि संसद बैठक चल्न नदिने

काठमाडाैं ।  प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएपछि कांग्रेस सांसदहरुले यसअघि आइतबारको बैठकमा विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए बैठक चल्न नदिने कांग्रेसको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने माग गर्दै आइरहेको छ । सभामुख महराले प्रश्नोत्तर सेसनमा मात्रै प्रधानमन्त्रीलाई प्रश्न राख्न पाइने …

पुरा पढ्नुहॊस »

लोकसेवाले माग्यो १९३ सुब्बा, कुन समूहमा कति ?

काठमाडौं । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ।  लोकसेवाले विज्ञापन निकाल्दै लोकसेवा आयोगको कार्यालय धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ। त्यस्तै आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो। लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट भने ९९ जनाका लागि दरखास्त आव्हान गरेको छ। काठमाडौंबाट न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो।  त्यस्तै …

पुरा पढ्नुहॊस »

आगलागीमा तीन बालबालिकाको मृत्यु

बाग्लुङ । ताराखोला गाउँपालिका–४ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। आगलागीमा मृत्यु हुनेमा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीया छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुश रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा बालबालिका जलेको बताइएको छ। दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोलीले …

पुरा पढ्नुहॊस »

कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु, तीन घाइते

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका ४ निगालपानीमा  पुराना कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन्।  पुराना कपडा पेलेर सिरक डसना लगायत  कपडा तयार गर्ने मेसिन पड्किँदा बर्दियाका २८ वर्षीय जयकृष्ण न्यौपानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बर्दियाकै विष्णुचन्द्र चौलागाईँ,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ का धनबहादुर पुन घाइते भएका छन्। दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रेफर’ गरिएको …

पुरा पढ्नुहॊस »

जापानी विदेशमन्त्री कोनो आज आउँदै, नेपाल र जापानबीच हवाई सम्झौता हुने

काठमाडौंँ । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनो औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउँदै छन्, यहि क्रममा दुई देशबिच सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्ने सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा …

पुरा पढ्नुहॊस »

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्वजनिक

काठमाडौं ।    नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बारा …

पुरा पढ्नुहॊस »

संविधानसम्मत् ढंगले कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संविधानसम्मत् ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र स्थानीय तहमा संविधानसम्मत् ढंगले कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। कर्मचारीहरुको सेवा र सुविधा तथा वृत्ति विकासमा असर नपर्ने गरी संविधानसम्मत् ढंगले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न …

पुरा पढ्नुहॊस »

सभामुखले मनाङ्गेको शपथबारे बोली फेरे

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले राजिव गुरुङ (दिपक मनाङ्गे) ले सपथ लिने नलिने भन्नेबारेको धारणा आज सार्वजनिक गर्ने बताएका छन् । केहि दिनअघि मात्रै मनाङ्गेको सपथ नगराउने बताएका सभामुख अधिकारीले आफैँले बोलेको कुरा फेर्दै मंगलबार मात्र सपथबारे ठोस निर्णय आउने बताएका हुन् । आइतबार बेलुकी पोखरा आएका गुरुङले सोमबारबाट भेटघाट बढाएका थिए । उनले सोबार नै प्रदेशसभा परिसरमा मुख्यमन्त्रीलगायत अन्य प्रदेश सदस्यहरुसँग पनि भेटघाट गरेका थिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा …

पुरा पढ्नुहॊस »