प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।

देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस