काबेली कोरिडोर निर्माण अन्तिम चरणमा

इलाम । १२ वर्ष अगाडि निर्माण शुरु भएको काबेली कोरिडोर १ सय ३२ के भी प्रसारण लाइन आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको दोस्रो खण्ड इलामको सोयाकदेखि पाँचथर थापाटारसम्मको ४३ किलोमिटर लाइन तान्ने काम केही दिनभित्रै सम्पन्न हुने आयोजनाका इञ्जिनियर निरज कर्णले जानकारी दिए ।

पछिल्लो पटक लाइन टाँग्ने क्रममा पाँचथरमा दुइवटा टावर ढलेपछि आयोजनाको काम लम्बिएको थियो । राष्ट्रिय तथा सामुदायिक वनहरुमा रुख काट्ने कार्य जारी रहेकोले एक महिनाभित्रमा दोस्रो खण्डमा लाइन सुचारु हुने र पाँचथर थापाटारदेखि अमरपुरसम्मको तेस्रो खण्ड पनि चाँडै सम्पन्न हुने जनाइएको छ ।

कावेली कोरिडोर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न हुनासाथ पाँचथर र ताप्लेजुड जिल्लामा उत्पादित करिव ७० मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोड्न सहज हुने भएको छ ।

ती जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माण सम्पन्न भएको र केही आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । विश्व बैकको सहयोगमा दुइ अर्व ५८ करोड लगानीमा शुरु भएको आयोजनाको म्याद पटकपटक थपिएपनि निर्धारित समयमा निर्माण भएको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला

काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई …

प्रतिकृया दिनुहॊस