नेपालमै गोली उत्पादन गर्ने प्रस्ताव भारतद्वारा ठाडै अस्वीकार

काठमाडाैं । नेपालमै इन्सास र एम-१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरेको छ। गोलीगठ्ठा तथा विष्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम-१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो।

उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम-१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो। यो खबर आजको कारोबार दैनिकमा माृतका दाहालले लेखेका हुन्।

तर त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस