वकिलबाटै यसरी ठगिए सर्वाेच्चका पूर्वन्यायाधीश

काठमाडाैं । सर्वाेच्च अदालतका पूर्वन्याायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन्। आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन्।

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी शिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठडी मुद्दामा कारबाही अघि बढाएको छ। सर्वाेच्चका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम शिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन्।

म्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका हुन्।

कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । ‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस