नारायणीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु

काठमाडाैं । भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ। भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो।

भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजिपुर (गंगा र गण्डकको संगम)देखि बाघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन्। यसबाट दुई मुलुकबीचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्।

‘गण्डक नहरदेखि बिहारको हजिपुरसम्म बहने गण्डक (एनडब्ल्यू३७)मा जलमार्ग निर्माण सुरु भएको छ,’ मन्त्रालयले आधिकारिक ट्विटरमा उल्लेख गरेको छ, ‘यससँगै गंगा नदीले नेपाललाई जलमार्गबाट वाराणसी रिभर टर्मिनल र हल्दिया तथा कोलकाता बन्दरगाहमा जोड्नेछ।’ यसले नेपालको आयात–निर्यातलाई वातावरणमैत्री तथा कम लागत हुने यातायातको विकल्प खुला गरिदिनेसमेत मन्त्रालयले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले माग्यो ८ सय कामदार, को-को जान पाउँछन् ? (सूचनासहित)

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको …

प्रतिकृया दिनुहॊस