काठमाडाैं । सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेका थिए। यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ …
पुरा पढ्नुहॊस »सरकारी अस्पतालमा आजदेखि आकस्मिक बाहेक सबै सेवा बन्द
काठमाडाैं । कर्मचारी समायोजनमा सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने मागसहित आन्दोलनरत चिकित्सकले आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्दैछन् । इमर्जेन्सी बाहेकका सेवा अनिश्चितकालीन रुपमा बहिस्कार गर्ने निर्णय चिकित्सकहरुले गरेका छन् । स्थानीय तहमा समायोजन भएका चिकित्सकलाई प्रदेश तथा संघमा आउने विकल्प खुला राख्नुपर्ने चिकित्सकको मुख्य माग छ । यस्तै, स्वास्थ्य सेवामा अन्य मन्त्रालयको सचिव हुनसक्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र …
पुरा पढ्नुहॊस »बिजनेस भिसामा आपराधिक गतिविधि केन्द्र बन्दै नेपाल
काठमाडाैं । नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ …
पुरा पढ्नुहॊस »भारत-पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता
काठमाडाैं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ । …
पुरा पढ्नुहॊस »अन्सारीलाई योग्य देखाउन यसरी हुँदैछ नेकपामा चलखेल
काठमाडाैं । मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ। संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ। निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ। यो खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्। अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध …
पुरा पढ्नुहॊस »नख्खु बम बिस्फोटका मुख्य योजनाकार कलंकीबाट पक्राउ
काठमाडाैं । ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयलाई लक्षित बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् । प्रहरीका अनुसार बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेका थिए । उनी कलंकीस्थित एक घरमा लुकेर बसेका थिए । गत शुक्रबार …
पुरा पढ्नुहॊस »बस दुर्घटनामा ११ जना घाइते
नवलपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं जाँदै गरेको ना७ख २६५३ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको पिबी १३ बीसी ५९८० नम्बरको भारतीय ट्रकसँग ठोक्किएर अनियन्त्रित भइ सडकमा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएको जनाइएको छ । घाइतेको चितवनस्थित पुरानो मेडिकल …
पुरा पढ्नुहॊस »काठमाडौं झिलीमिली बनाउन साढे १६ हजार बत्ती चाहिने
काठमाडौं । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरुमा १६ हवार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको सर्वेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा बत्ती आवश्यक भएको हो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको छ …
पुरा पढ्नुहॊस »सार्वजनिक यातायातको भाडा बढाउने तयारी
काठमाडौं । व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ । असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले गत असोजमा दसैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । त्यतिबेला सरकार र यातायात व्यवसायीबीच चारबुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका …
पुरा पढ्नुहॊस »पहिरो खस्दा एकजनाको मृत्यु, दुई घाइते
दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन्। …
पुरा पढ्नुहॊस »