नवलपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं जाँदै गरेको ना७ख २६५३ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको पिबी १३ बीसी ५९८० नम्बरको भारतीय ट्रकसँग ठोक्किएर अनियन्त्रित भइ सडकमा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएको जनाइएको छ । घाइतेको चितवनस्थित पुरानो मेडिकल …
पुरा पढ्नुहॊस »काठमाडौं झिलीमिली बनाउन साढे १६ हजार बत्ती चाहिने
काठमाडौं । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरुमा १६ हवार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको सर्वेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा बत्ती आवश्यक भएको हो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको छ …
पुरा पढ्नुहॊस »सार्वजनिक यातायातको भाडा बढाउने तयारी
काठमाडौं । व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ । असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले गत असोजमा दसैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । त्यतिबेला सरकार र यातायात व्यवसायीबीच चारबुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका …
पुरा पढ्नुहॊस »पहिरो खस्दा एकजनाको मृत्यु, दुई घाइते
दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन्। …
पुरा पढ्नुहॊस »आमाको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। चेम्जोङले चार वर्षीया छोरीलाई कुटपिट गरी सख्त घाइते बनाएकी थिइन्। बालिकालाई जिल्ला अस्पताल ताप्लेजुङले इलाम जिल्ला अस्पताल रेफर गरेकोमा उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो।
पुरा पढ्नुहॊस »हर्न बजाउने चालकमाथि प्रहरी कारबाही, एकैदिन १७१ कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो। महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने …
पुरा पढ्नुहॊस »लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो । मन्त्रालयको वेबसाइटमा सोमबार बिहान राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा समूहका सबै कर्मचारीहरुलाई संघमै समायोजन गर्न …
पुरा पढ्नुहॊस »शंकरप्लाजामा आगलागी, एक करोडको क्षति
बुटवल । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारीक केन्द्र अमरपथस्थित शंकरप्लाजामा लागेको आगोबाट करिब एक करोडको क्षति भएको छ । सो भवनमा सञ्चालित फेन्सी पसलमा आगोले क्षति पुर्याएको हो । आगलागीबाट भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी पूर्णरुपले जलेर नष्ट भएको छ । आइतबार राति करिब १० बजे लागेको आगो राति १२ः३० मा नियन्त्रणमा आएको थियो । शंकरप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । फेन्सीका सञ्चालकले राति …
पुरा पढ्नुहॊस »सरकारको आफ्नै ‘ई–पेमेन्ट गेटवे’
काठमाडौं । सरकारले सरकारी दस्तुर संकलन गर्न आफ्नै ‘ई–पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले सफ्टेवर निर्माण गरी परीक्षण गर्न थालेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रदास पोख्रेलले ई–पेमेन्ट गेटवेका लागि आवश्यक सफ्टवेयर निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए । ‘सफ्टवेयर निर्माणको कार्य सम्पन्न गरी पहिलोचरणमा परीक्षणका लागि काम शुरु भएको छ, उनले भने, ‘परीक्षण गर्न सफ्टवेयरलाई राष्ट्रिय वाणिज्य बैंकसँग जोडिनुपर्ने …
पुरा पढ्नुहॊस »ट्रयाक्टरले ठक्कर दिँदा महिलाको मृत्यु
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित …
पुरा पढ्नुहॊस »