नख्खु बम बिस्फोटका मुख्य योजनाकार कलंकीबाट पक्राउ

काठमाडाैं । ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयलाई लक्षित बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् ।

प्रहरीका अनुसार बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेका थिए । उनी कलंकीस्थित एक घरमा लुकेर बसेका थिए ।

गत शुक्रबार साँझ बम विस्फोट हुदाँ सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए । बम विस्फोटको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो ।

इलामबाट पाँच जना गिरफ्तार 
इलामबाट नेपाल कम्युनिस्ट पार्टीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

गिरफ्तारीमा पर्नेहरूमा अमृत मगर (भोजपुर), केबी लिम्बु (ताप्लेजुङ), बाबा लिम्बु (झापा), विमल बस्नेत (इलाम) र विक्रम राई (धनकुटा) लगायत छन्।

उनीहरूलाई इलामको फाकफोक गाउँपालिका १ आँपचोकबाट मङ्गलबार गिरफ्तार गरेको नेकपा पूर्वी कमान्डले खुलाएको छ। नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चिचिला भिरमा युवकको शव

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ …

प्रतिकृया दिनुहॊस