धनगढी । तीन वर्ष अगाडि टीकापुरमा भएको हिंसात्मक घटनाको कैलाली जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ । बुधबार पहिलो दिन वादी र प्रतिवादी दुवै तर्फका वकिलले बहस गरेको स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । उनले निरन्तर सुनुवाइ रहेकाले बहसमा केही दिन लाग्न सक्ने बताए । पहिलो दिन वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र लक्ष्मीकिशोरी शर्मा तथा प्रतिवादीको तर्फबाट अधिवक्ता गंगाराम पाध्याय, मिलन राई लगायत सात जनाले बहस गरेका थिए …
पुरा पढ्नुहॊस »दुर्घटनामा निधन भएका सातैजनाको शव सुकेटार विमानस्थलमा, काठमाण्डाै ल्याउने तयारी
ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव दुर्घटनास्थलबाट सुकेटारमा पुर्याइएको छ । ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्याइएकोमा बाँकी तीनजनाको शव केहीबेरअघि सुकेटार पुर्याइको हो । खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए । दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर शव संकलन गरेको हो । ताप्लेजुङमा बुधबारभन्दा मौसम केही सुधार भए …
पुरा पढ्नुहॊस »करेन्ट लागेर बाबुको मृत्यु, छोरा घाइते
सप्तरी । खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ। उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन्। वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो।
पुरा पढ्नुहॊस »काठमाडौँ उपत्यकामा हिउँ पर्यो
काठमाडौँ । काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ । साँखु, दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बदली तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परेको मौसमविद सुजन सुवेदीले जानकारी दिए । …
पुरा पढ्नुहॊस »मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, आज सार्वजनिक विदा
काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ । अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस …
पुरा पढ्नुहॊस »हेलिकाेप्टर दुर्घटना :पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको मत्यु
काठमाडौं । पाथीभरा दर्शन गरेका फर्किएका हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको पुष्टि भएको छ। हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे,हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण ध्रुव भोछिभया सवार थिए । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । …
पुरा पढ्नुहॊस »हेलिकोप्टर दुर्घटना : ५ जनाको शव भेटियो
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर खप्टेढुंगामा दुर्घटना भएको हो । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता बताए । शवको पहिचान हुन बाँकी छ ।
पुरा पढ्नुहॊस »मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्। राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जनकारी दिए। कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल …
पुरा पढ्नुहॊस »भारतीय लडाकु विमान दुर्घटनाग्रस्त,
एजेन्सी । भारतीय वायुसेनाको लडाकु बिमान काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा लडाकु बिमान मिग २१ खसेको हो । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । श्रीनगर बिमानस्थलबाट उडान भरेको विमान उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्किएर खेतमा खसेको थियो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।
पुरा पढ्नुहॊस »धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : गगन थापा
बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मङ्गलबार सहभागी हुनुभएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताउनुभयो …
पुरा पढ्नुहॊस »