सार्वजनिक यातायातको भाडा बढाउने तयारी

काठमाडौं । व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ ।

असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले गत असोजमा दसैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

त्यतिबेला सरकार र यातायात व्यवसायीबीच चारबुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए । सरकार र व्यवसायीबीच भएको सो सम्झौतामा वैज्ञानिक तवरले नयाँ भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा गत मंसिरमा नै भाडादर समायोजन हुने उल्लेख थियो ।

सोही आधारमा अहिले मन्त्रालयले नयाँ भाडादर समायोजन गर्न लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस