काठमाडौं । पाथीभरा दर्शन गरेका फर्किएका हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको पुष्टि भएको छ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे,हेलिकप्टर क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण ध्रुव भोछिभया सवार थिए । घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ ।
तपाईंको प्रतिकृया




