भारतीय लडाकु विमान दुर्घटनाग्रस्त,

एजेन्सी  । भारतीय वायुसेनाको लडाकु बिमान काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा लडाकु बिमान मिग २१ खसेको   हो । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।

श्रीनगर बिमानस्थलबाट उडान भरेको  विमान उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्किएर खेतमा खसेको थियो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप