काठमाडौँ उपत्यकामा हिउँ पर्‍यो

काठमाडौँ । काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ । साँखु, दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको बदली तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परेको मौसमविद सुजन सुवेदीले जानकारी दिए ।

उच्च पहाडी क्षेत्र तथा काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहितका क्षेत्रमा हिउँ परेको उनले बताएका छन् । भक्तपुरको दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको छ ।

बुटललसहितका क्षेत्रमा असिना पानी परेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री