भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत …
पुरा पढ्नुहॊस »आज सेना दिवस, सैनिकमञ्चमा विशेष कार्यक्रम
काठमाडौँ । आज महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ। सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। सेना दिवसका अवसमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले दिवसको अवसरमा शूभकामना …
पुरा पढ्नुहॊस »महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि देशभर मनाइँदै
काठमाडौँ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि सोमबार देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरि शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई …
पुरा पढ्नुहॊस »आज काठमाण्डौका कुन–कुन ठाउँमा गाडी गुडाउन पाईंदैन, हेर्नुहोस्
काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चावहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । यस्तै दर्शनार्थी र …
पुरा पढ्नुहॊस »नेपाली सेनामा खुल्यो १५० जनालाई जागिर, डाक्टरदेखि फोटाग्राफरसम्म
काठमाडौं । नेपाली सेनाका विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्रा प्रकाशित विज्ञापन अनुसार विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो। माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ। हेर्नुहोस् विज्ञापन
पुरा पढ्नुहॊस »पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति
काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८२ वर्षीय अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । पूर्वमन्त्री अधिकारीको पार्थिव शरीरलाई प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए …
पुरा पढ्नुहॊस »महाशिवरात्रीको तयारी पूरा : चारैतर्फ लाइनको व्यवस्था, ढोकैमा चन्दन वितरण
काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनको लागि आवश्यक सबै तयारी पूरा भएको छ । यस वर्षको महाशिवरात्री सोमबार परेको छ । पशुपतिनाथ दर्शन गर्न आउन भक्तजनको लाइनको व्यवस्था, सुरक्षा, आवास तथा भोजन, प्राथमिक स्वास्थ्य उपचार लगायतका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षाका लागि ६ हजार सुरक्षाकर्मी र भिड व्यवस्थापन गर्न ५ हजार स्वयंसेवक परिचालित हुनेछन् । …
पुरा पढ्नुहॊस »आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु
धनकुटा । आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। मृत्यु हुनेमा बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा लागि जोशी गम्भीर घाइते भएका थिए। घाइते जोशीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा राति ९ः५ बजे मृत्यु भएको प्रहरीले …
पुरा पढ्नुहॊस »आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौँ । देशभर आज पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद शुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए । उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए । उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए । सोमबारदेखि सामान्य रुपमा मौसममा …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् । जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार …
पुरा पढ्नुहॊस »