ef/tsf] hogu/ b]lv g]kfnsf] hgsk'/–alb{af; /]Nj]cGtu{t hgsk'/df tof/ ePsf] /]nsf] lns . t:jL/ M gjLg kf}8]n, /f;;

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  उनका अनुसार यसका कारण रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान प्रभावित हुनेछन् ।

यो समयमा उडान बिहान ८ बजेदेखि बेलुकी १० बजेभित्रै व्यवस्थापन मिलाउने काम भइरहेको छ । महाप्रवन्धक क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडानमा सातवटा वायुसेवाका करिब एक दर्जन उडानलाई दिउँसोको समयमा मिलाउन आग्रह गरिसकिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस