काठमाण्डौ । आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन् । सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत …
पुरा पढ्नुहॊस »प्रहरीको गोली लागेर कपिलवस्तुमा विप्लब नेतृत्व नेकपाका कार्यकर्ता घाइते
कपिलवस्तु । प्रहरीको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् । शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट …
पुरा पढ्नुहॊस »कैलालीमा दुई किलो सुनसहित दुईजना पक्राउ
कैलाली । कैलालीको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन्। ‘सुनसहित केही ब्यक्ति पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘केही बेर पछि पत्रकार सम्मेलन मार्फत हामी जानकारी दिन्छौं।’ यस …
पुरा पढ्नुहॊस »आज ग्याल्बो ल्होसार, राष्ट्रपति भण्डारीको शुभकामना
काठमाडौं। आज ग्याल्बो ल्होसार, देशभरका शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीले मनाउदैछन्। शेर्पा समुदायले ग्याल्बो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ। आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ। ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा तथा बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर …
पुरा पढ्नुहॊस »मिथिला परिक्रमा सुरु, १ सय ३३ किलोमिटर पदयात्रा गरिने
जनकपुर । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा …
पुरा पढ्नुहॊस »७८ लाख घुस प्रकरणः उपराष्ट्रपतिका छोरा दीपेशसँग पनि बयानको तयारी
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग …
पुरा पढ्नुहॊस »यसरी हुँदैछ विवादित अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बनाउने खेल
काठमाडाैँ । संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकांश सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ। नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रियजपा र संघीय समाजवादी फोरमका १–१ जना गरी १५ सदस्यीय समितिमा कांग्रेस र फोरमका सांसदले वैठक वहिष्कार गरेका छन् भने राजपाका सांसद सभापतिमा छन्। यो अवस्थामा अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुई तिहाई पुग्दैन । त्यस्तै नेकपाका …
पुरा पढ्नुहॊस »नेपाल र भारतको संयुक्त टोलीद्धारा पानी जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ । नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको छ । अध्ययनका क्रममा टोलीले नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको छ । नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको हो । नेपालमा जल परिवहन सञ्चालनको सम्भावना खोज्न गठित जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको …
पुरा पढ्नुहॊस »टीकापुर घटना :सांसद रेशम चौधरीलाई जन्मकैद
धनगढी । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले जन्मकैदको फैसला सुनाएको हो । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको मृत्यु भएको थियो। टीकापुर घटनाका मुख्य आरोपीका रूपमा रहेका रेशम चौधरी घटनापश्चात् भूमिगत अवस्थामै कैलाली क्षेत्र …
पुरा पढ्नुहॊस »सरकार बाँड्छ सपनाः तर, रेल किन्न सरकारसँग बजेट नै छैन !
काठमाडाै । सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन। बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ। दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ …
पुरा पढ्नुहॊस »