समाचार

अन्सारीको कारण नेकपाभित्रै विवादः ओली पक्षमा, प्रचण्ड र नेपाल विपक्षमा

काठमाडाै‌ । नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्नेमा सत्तारुढ नेकपाभित्रै विवाद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अन्सारीलाई जोगाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेता विवादित अन्सारीलाई समितिबाट अस्वीकृत गर्ने पक्षमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। नेकपाभित्रै एकमत नदेखिएपछि सुनुवाई समितिबाट ४५ …

पुरा पढ्नुहॊस »

नेपालकै पहिलाे ‘वाटर एटीएम’: दुई रुपैयाँ तिर्नुस्, पानी पिउनुस्

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाले नेपालमा पहिलो पटक वाटर एटिएम सञ्चालनमा ल्याएको छ। खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटिएमको उद्घाटन गरेकी छिन्। उनले एटिएमबाट पानी झारेर पिएकी थिइन्। यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिए। वाटर एटीएम काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गरिने राणाले जानकारी दिए। मन्त्री मगरले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँकतै चुक्न …

पुरा पढ्नुहॊस »

बजेटको अर्धवार्षिक समीक्षा : सरकार भन्छ – ९१ प्रतिशत मात्रै बजेट खर्च हुने भयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ९१.२ प्रतिशत खर्च हुने अनुमान गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले विनियोजित १३ खर्ब १५ अर्ब  १६ करोड बजेटमध्ये ११ खर्ब ९९ अर्ब १५ करोड मात्रै खर्च हुने प्रारम्भिक अनुमान गरेको हो । पहिलो ६ महिनामा भएको खर्चको अवस्था मूल्यांकन गर्दा ९४ प्रतिशत चालु खर्च, ८४ प्रतिशत पुँजीगत खर्च तथा ८७ प्रतिशत वित्तीय व्यावस्थापनमा खर्च हुने अर्थको अनुमान छ …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं । सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन् । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले मंगलबार राजधानीमा आयोजना गरेको ‘एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९’ मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्। सन्दीपले यो अवार्डमा राष्ट्रिय टिमका कप्तान पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी र करण केसीलाई उछिनेका हुन्। वर्ष २०१८-१९ मा सन्दीपले नेपालका लागि खेलेका सबैखाले क्रिकेटमा …

पुरा पढ्नुहॊस »

निको भए एचआईभी पीडित ‘लन्डन बिरामी’ !

काठमाडौं । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरूले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन्। पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मंगलबार यस अद्भूत कामबारे घोषणा गरिँदैछ। एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो। उनलाई ‘लन्डन बिरामी’ को उपनाम दिइएको छ। विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ। दश वर्षअघि पनि …

पुरा पढ्नुहॊस »

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु

पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना भएको  हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो । यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो ।  

पुरा पढ्नुहॊस »

प्रि-मनसुन शुरु हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन शुरु हुन केही समय अझै लाग्ने भएको छ । पश्चिमी वायुको झोक्का अझै बाँकी रहेकाले प्रि–मनसुन शुरु हुन अझै केही दिन लाग्ने मौसमविद बरुण पौडेलले बताए । सामान्यतः नेपालमा मार्चबाट प्रि–मनसुन शुरु हुने गर्दछ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने र त्यसपछि भने मनसुनी वर्षात् हुने गर्दछ । यद्यपि, यस वर्ष पश्चिमी वायुकै कारण लामो समय वर्षा भएकाले प्रि–मनसुन पनि यसैसँग …

पुरा पढ्नुहॊस »

संघीय संसद्को एक वर्ष : १ सय ६१ वटा कानुन संशोधन

काठमाडौं । संघीय संसद्को बैठक सुरु भएको आज एक वर्ष पुगेकाे छ । गत वर्ष फागुन २१ देखि संघीय संसद् सुरु भएको हो । यो एक वर्षको अवधिमा सरकारले संविधान कार्यान्वयनसँग जोडिएका अधिकांश कानुन निर्माण गरेको छ । यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने १७ वटा निर्माण र संविधानसँग बाझिएका १ सय ६१ वटा कानुन संशोधन भएका छन् । यसबाहेक संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारसम्बन्धी कानुन बनाउने प्रक्रियासमेत …

पुरा पढ्नुहॊस »

नेपाली सेनाका जवानले गरे ब्यारेकभित्रै आत्महत्या

कञ्चनपुर । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए। “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या गरेको …

पुरा पढ्नुहॊस »

काठमाडौं-तराई मधेस द्रुतमार्ग : विस्तृत परियोजना प्रतिवेदन मस्यौदामा सुझाव थप्दै सेना

काठमाडौं। कोरियाली कम्पनी सुसुङले नेपाली सेनालाई बुझाएको काठमाडौं–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदालाई सेनाले अध्ययनपछि मात्रै सरकारलाई बुझाउने भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर गत २० माघमा सेनालाई बुझाएको थियो । सेनाले भने सो प्रतिवेदनलाई अध्ययनपछि सामान्य मात्रै सुझाव थपेर सरकारलाई बुझाउने भएको हो । सरकारले कानुनी बाटो खुला गरेपछि सेनाले डीपीआरमा केन्द्रित रहेर बाँकी कामको सुरुवात गर्नेछ । सैनिक प्रवक्ता सहायक रथी …

पुरा पढ्नुहॊस »