काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार राति भएको हावाहुरीका कारण बारा र पर्सामा ठूलो क्षति भएको छ। हालसम्म ३१ जनाको ज्यान गएको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। घाइतेको उद्धार र राहत तत्काल उपलब्ध गराउन सकारसँग सभापति देउवाको माग छ।
पुरा पढ्नुहॊस »हावाहुरीको वितण्डा : मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय
जनकपुरधाम । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्काल रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ …
पुरा पढ्नुहॊस »बारा र पर्सामा विनाशकारी हावाहुरी : मृतककाे संख्या ३१ पुग्यो (अपडेट)
काठमाडौं ।आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको …
पुरा पढ्नुहॊस »विमानस्थल आजबाट १० घण्टा बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ । जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो । यो समाचार आजको नागरिक दैनिकमा छ । सन् …
पुरा पढ्नुहॊस »कपिलवस्तुमा गोली प्रहार गरी एकको हत्या
तौलिहवा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक …
पुरा पढ्नुहॊस »बारा र पर्सामा विनाशकारी हावाहुरी : कम्तीमा २७ जनाको मृत्यु ५०० भन्दा बढी घाइते
काठमाडाैँ । हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो। हावाहुरीका कारण सोमबार बिहान सम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको छ। मृतक र घाइतेको संख्या बढिरहेको २ नम्बर …
पुरा पढ्नुहॊस »ओखलढुंगा दुर्घटना : मृतक ६ जनाकै सनाखत
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबैको खनाखत भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा,डोमा र नुमा शेर्पा छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिकामा …
पुरा पढ्नुहॊस »ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा छन् । अन्य दुईजना मृतकको सनाखत बाँकी छ भने तीनजना घाइते भएका छन् । खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिकामा दुर्घटनामा परेको थियो।
पुरा पढ्नुहॊस »भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन : सुरुङ निर्माण अन्तिम चरणमा
सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिनको सफल परीक्षणपछि निर्धारित समयअगावै सुरुङ निर्माण पुरा हुने भएको हो । बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ४८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको भेरी बबई बहूद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणको काम उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । चीनीया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ …
पुरा पढ्नुहॊस »परम्परागत खेती छाडेर माछा पालन
सल्यान । कालीमाटी गाउँपालिका–३ ढोरनीका केशरबहादुर बुढाथोकी आफ्नो २२ रोपनी क्षेत्रफल भएको खेतमा धान खेती गर्दथे। तर, उनले अहिले धान खेती छाडेर माछा पालन सुरु गरेको छन्। लगानी र समय खर्चे परम्रागत खेती गरे पनि राम्रो आम्दानी नभएपछि व्यवसायिक माछा पालनमा लागेका हुन्। माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने देखेपछि उनले परम्परागत पेशा त्यागेको बताए। ‘बाउ बाजेको पालादेखि गर्दै आइरहेको खेती जति गरे पनि परिवार पाल्न समस्या हुन्थ्यो,’ …
पुरा पढ्नुहॊस »