हावाहुरीको वितण्डा : मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्काल रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटले निर्णय गरेको छ ।

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं । उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’

त्यसैगरी तत्कालका लागि बासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितहरुको पुनर्वासका लागि पहल गर्ने समेत मुख्यमन्त्री राउतले जानकारी दिए । आफूहरु राति नै देखि उद्धारको कार्यमा खटिरहेको र आफू पनि क्याबिनेटको बैठकपछि अस्पताल र घटनास्थलतर्फ जान लागेको मुख्यमन्त्री राउतले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस