मेडिसिटी अस्पतालको टोली उपचार तथा उद्धारका लागि हेलिकोप्टरसहित बारामा

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आइतबार साँझ आएको हावाहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा गएको हो ।बिनासकारी हुरीका कारण ४१ जना भन्दा बढीको मृत्यु भइसकेको र ४ सय भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् ।

नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरसहित बारा पुगेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि बारामै रहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस