प्रहरीले दियो हावाहुरीबाट भएको क्षतिको विवरण, कहाँ कति ?

काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा जनधनको ठूलो क्षति भएको छ । हालसम्म २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम चलिरहेको छ भने क्षतिको विवरण संकलन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाँदै छन् ।

प्रहरीका अनुसार हावाहुरीका कारण भएको क्षति र घटनाको पछिल्लो विवरण यस्तो छ । 

मिति २०७५।१२।१७ गतेको हावाहुरीबाट भएको क्षतिको विवरण
( १८ गते बिहान १०:३० बजे सम्मको अपडेट )

बारा जिल्ला:
– हावाहुरी तथा असिना पानीको कारण घर तथा ईट्टा भट्टाको चिम्नि भत्कन गई बारा जिल्लाको बिभिन्न स्थानमा २६ जनाको मृत्यु भएको तथा अं.४०० जना घाईतेहरुलाई उद्धार गरिएको

-विभिन्न अस्पतालहरुह मध्ये ,हाल ना.उ.क्षे.अस्पताल बिरगंजमा ११६ जना,नेशनल मेडिकल कलेज बिरगंजमा १०० जना,बिरगंज हेल्थ केयरमा ३८ जना र गण्डक अस्पताल बिरगंजमा २८ जना गरी २८२ जनाको उपचार भईरहेको,

– जि.प्र.का.तथा मातहत कार्यलयहरुबाट प्रहरी टोली,सशस्त्र प्रहरी र सेना परिचालन भई उद्धार कार्य भईरहेको

-मृतक मध्य २६ जना मध्य २३ जनाको सनाखत भएको र ३ जनाको सनाखत हुन नसकेको ।

पर्सा जिल्ला:
– हावाहुरीको कारण बिरगंज उ.म.न.पा-१२ गण्डक स्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडी बिजुलीको पोल ढल्न गई हेटौडाबाट बिरगंज आउँदै गरेको ना ६ ख ९३६० नं.को बसमा पर्न जाँदा बसमा सवार ६ जना पुरुष व्यक्तिहरु घाईते

-सबै घाईतेहरुलाई उपचारको लागी ना.उ.क्षे.अस्पताल बिरगंज पठाएकोमा उपचारको क्रममा बिरगंज उ.म.न.पा-१८ बस्ने बर्ष १८ को सरोज रामको मृत्यु भएको

उपचारार्थ संख्या:
अस्पताल संख्या
नारायणी उ.क्षे. ११६
NMC १००
बिरगंज हे.के. ३८
गण्डक अ. २८
कुल जम्मा २८२

बारा र पर्सा दुवै जिल्लामा गरेर २७ जनाको मृत्यु भएको ।

घाईतेहरु मध्य ७ जनालाई थप उपचारको लागि ल्याईएको र हाल त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको ।

खोज तथा उद्दारका लागि बारा र पर्सा जिल्ला लगायत नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं २ रातमाटे बाट समेत थप सुरक्षाकर्मी परिचालित

नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोली बिहान त्यसतर्फ प्रस्थान र थप ८ जनाको टोली स्टेण्ड बाई रहेको ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री