समाचार

आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बहुलवाद र संसदीय मूल्यमान्यता आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिन्छ : सभापति देउवा

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवाद र संसदीय मूल्यमान्यतालाई आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिने बताएका छन् । सोमबारदेखि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

पुरा पढ्नुहॊस »

बालुवाटार पुगेर ईः ले प्रधानमन्त्रीलाई बुझाए मागपत्र

काठमाडौँ । सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका ईः सहितको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । पैदलयात्रा गरेको ९ औं दिन कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने उनीहरूको कार्यक्रम थियो । तर, सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा …

पुरा पढ्नुहॊस »

अब जितगढी किल्ला प्रवेश गर्न शुल्क तिर्नुपर्ने

काठमाडौँ । बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो । गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ । जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठक : गोदावरीमा बढ्यो चहलपहल (भिडियोसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । ललितिपुरको गोदावरीमा सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गरेका हुन् । बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।

पुरा पढ्नुहॊस »

गगनले अडान नछोडेपछि देउवाले बोलाए शीर्ष नेताको बैठक, प्रतिवेदन सच्याउने प्रयास

काठमाडौं । महासमिति बैठक उद्घाटन भइसक्दा पनि धेरै विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक डाकेका छन् । बैठक देउवा निवास बुढानीलकण्ठमा अपराह्न हुने उनीनिकट स्रोतले जानकारी दिएको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ । थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा …

पुरा पढ्नुहॊस »

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी …

पुरा पढ्नुहॊस »

राजनीतिक गठबन्धन गर्ने कि नगर्ने तत्कालिन समयमै निर्णय लिइनेछ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताएका छन् । सोमवार पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने बताएका हुन् । उनले पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकतामा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने बताए । पार्टीलाई संगठनात्मक रूपले थप सबल …

पुरा पढ्नुहॊस »

फोटो पत्रकारलाई प्रवेशमा रोक लगाएकोमा राष्ट्रिय फोटो पत्रकार समूहको आपत्ति

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फोटो पत्रकारहरूलाई प्रवेशमा रोक लगाएकोप्रति राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले आपत्ति जनाएको छ । एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले एक विज्ञप्ति निकालेर प्रजातन्त्र आएको ७३ वर्ष भइसक्दा पनि यसरी पत्रकारहरूमाथि नै निषेध गर्नु ठीक नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । कार्यवाहक महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ— प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आइपुग्दा पनि पत्रकारले फोटो …

पुरा पढ्नुहॊस »