समाचार

आजदेखि देशभर बदली र वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई …

पुरा पढ्नुहॊस »

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल बर्खास्त

काठमाडाैं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको छ । उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध …

पुरा पढ्नुहॊस »

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

काठमाडाैं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई अध्यक्ष पदमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसैगरी, सरकारले आइतबार नै आयल निगमको कार्यकारी निर्देशकमा डाक्टर चन्डिकाप्रसाद भट्ट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको पनि उनले जानकारी दिइन् ।

पुरा पढ्नुहॊस »

शेखरको प्रश्न- कांग्रेसको ७ प्रतिशत भोट किन घट्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको भोट घट्दै गइरहेको बताउँदै अब कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका छन् । महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापानमा उनले कांग्रेस सधैँ कम्युनिष्टहरूको पछि लागेर हिँड्ने हो ? भन्दै नेतृत्वसँग प्रश्न गरेका छन् । उनले जिल्लाका कार्यकर्ताहरुले आफूलाई सो प्रश्न गर्ने गरेको र यसको जवाफ सोमबारदेखि सुरू हुने महासमिति बैठकमा दिन ध्यानाकर्षणसमेत गराए । कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरूको पछि …

पुरा पढ्नुहॊस »

मेलम्ची परियोजना : पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ । तत्कालीन …

पुरा पढ्नुहॊस »

चितवनका किसानले सडकमै पोखे दूध

काठमाडौँ । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई संसदमा सोधिएका १३ प्रश्न र तिनका उत्तर (पूर्णपाठ)

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा १३ सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तर दिएका छन् । प्रश्नोत्तर सुरु हुनुपूर्व बालकुमारी घटनाका बारेमा बाृेलेका प्रचण्डले त्यसपश्चात सांसदहरुले सोधेका प्रश्नहरुको क्रमश उत्तर दिएका हुन् । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद, उनीहरुको प्रश्न र प्रधानमन्त्रीले दिएका जवाफको पूर्णपाठ यस्तो छ । प्रश्न १ (मा. कल्पना चौधरी) सम्माननीय प्रधानममन्त्रीज्यू, नेपालको संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयन भन्ने सन्दर्भमा “यस भागद्वारा प्रदत्त हकहरुको कार्यान्वयनका …

पुरा पढ्नुहॊस »

भाेलिदेखि कोरियन भाषा परीक्षा

काठमाडाैं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा भाेलि फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए। ‘शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा …

पुरा पढ्नुहॊस »

कीर्तिपुरमा जुवातास खेलिरहेका २३ जना पक्राउ

काठमाडौं । काठमाडौँको कीर्तिपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेका २३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस्तै कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा …

पुरा पढ्नुहॊस »

बालकुमारी घटनाबारे प्रतिवेदन अध्ययन गरेपछि कारबाही अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका विषयमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले पढ्न बाँकी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिवेदन आफूले आज मात्र पाएको भन्दै अध्ययन गरेर आवश्यक कारबाही गर्ने उल्लेख गरे । आइतबारकै संसद् बैठकमा विपक्षी दलहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए । उनीहरूले प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी ठहर गरिएको भन्दै किन बर्खास्त नगरेको भनी …

पुरा पढ्नुहॊस »