गगनले अडान नछोडेपछि देउवाले बोलाए शीर्ष नेताको बैठक, प्रतिवेदन सच्याउने प्रयास

काठमाडौं । महासमिति बैठक उद्घाटन भइसक्दा पनि धेरै विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक डाकेका छन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा अपराह्न हुने उनीनिकट स्रोतले जानकारी दिएको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ । थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन् ।

तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ । कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेश गर्नुपर्नेछ ।

तर अहिलेसम्म पनि सहमति नजुटेपछि सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न सकेको थिएन । यस्तै, बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल हुने देउवा निकट स्रोतले बताएको छ । काठमाडौं ३, ओखलढुंगा र दोलखामा महासमिति सदस्यको विवाद छ ।

चार प्रतिवेदन तयार, महामन्त्रीकोमा सहमति खोजिंदै
नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस