समाचार

कांग्रेस महाससिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदैछ । महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत सहभागिता नहुने (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले महासमिति बैठकमा युनियनका तर्फबाट हुने प्रतिनिधित्वबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्तिमार्फत युनियनका तर्फबाट अप्रासंगिक र अनाधिकृत निर्णय गरेर महासमिति प्रतिनिधि बनाएको भन्दै बहिष्कार गर्ने जनाएका छन् । ‘कांग्रेसको महासमिति बैठकको सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ लम्सालले निकालेको विज्ञप्तिमा उल्लेख छ,‘नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको …

पुरा पढ्नुहॊस »

देउवा र गगनको छलफल निष्कर्षविहीन, उद्घाटनपछि पुन: बैठक बस्ने

काठमाडौँ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको छलफल निष्कर्ष विहीन बनेको छ । चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि छलफल फेरि निष्कर्षविहीन बनेको हो । सोमबार बिहानैदेखि बूढानीलकण्ठमा सभापति देउवा र महामन्त्रीबीच छलफल सुरु भएको थियो । छलफल निष्कर्षविहीन बनेसँगै महासमिति बैठकको उद्घाटन सत्रपछि पुनः बस्ने तय भएको कांग्रेसका एक नेताले मकालुखबरलाई जानकारी दिए । महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन …

पुरा पढ्नुहॊस »

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएका बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको बताए । ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहेका उनले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउँदै सबैमा शुभकामना समेत दिए । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र …

पुरा पढ्नुहॊस »

प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई जान दिइएन

काठमाडौं । पत्रकारहरूलाई सैनिक मञ्च टुँडिखेल प्रवेशमा रोक लगाइएको छ । प्रजातन्त्र दिवसको समाचार संकलन गर्न गएका पत्रकारहरूलाई टुँडिखेल प्रवेशमा रोक लगाइएको हो । सूचना विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको पत्रकारहरूले बताएका छन् । भित्र पस्न नपाएका पत्रकारहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

पुरा पढ्नुहॊस »

संघीयतादेखि गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन् । फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको कात्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरङ्कुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख …

पुरा पढ्नुहॊस »

भीम उपाध्याय लेख्छन्- ‘मैले शाकाहारी चिया खाजा बाहेक केही खाएकाे छैन’

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् । उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियारले पूर्व सचिव उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको …

पुरा पढ्नुहॊस »

अनुमतिविना महिलाको भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका डीएसपी पक्राउ

काठमाडौं । विना अनुमति सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेका हुन् । केसी सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत छन् । महिलाको उजुरीपछि केसी विरुद्ध अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ । वैयक्तिक …

पुरा पढ्नुहॊस »

जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ …

पुरा पढ्नुहॊस »

प्रजातन्त्र दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा शभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

पुरा पढ्नुहॊस »