फोटो पत्रकारलाई प्रवेशमा रोक लगाएकोमा राष्ट्रिय फोटो पत्रकार समूहको आपत्ति

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा फोटो पत्रकारहरूलाई प्रवेशमा रोक लगाएकोप्रति राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले आपत्ति जनाएको छ ।

एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले एक विज्ञप्ति निकालेर प्रजातन्त्र आएको ७३ वर्ष भइसक्दा पनि यसरी पत्रकारहरूमाथि नै निषेध गर्नु ठीक नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यवाहक महासचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ— प्रजातन्त्रको ७३ वर्ष बितेर आजको दिनसम्म आइपुग्दा पनि पत्रकारले फोटो तथा भिडियो खिच्न नपाउने तन्त्र आखिर कसका लागि हो ? कुनै पनि बहानामा सार्वजनिक कार्यक्रममा फोटो पत्रकारलाई निषेध गर्नु पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटो पत्रकारहरूको साझा सङ्गठन हो । देशैभरि छरिएर फोटो पत्रकारिता गरि रहेका फोटो पत्रकारहरू विगत २६ वर्षदेखि यही संस्थालाई आफ्नो पेशागत छाता सङ्गठन मानेर आबद्ध रहेका छन् ।

२०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको कार्यबाहक महासचिव श्रेष्ठले बताएका छन् ।

आगामी दिनमा यस्ता कार्य सच्याएर सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन नेपाल फोटो पत्रकार समूहले सम्बन्धित निकायसँग माग गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस