हिँडेरै अस्पताल पुगेकी २२ वर्षीया भीमाको पाठेघर सफा गर्दा मृत्यु

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । हिँडेरै अस्पताल पुगेकी दैलेखको आठबिस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।

उनी दैलेखबाट उपचारका लागि केही दिाअघि सुर्खेत पुगेकी थिइन् । सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको निजी अस्पतालमा पुगेकी उनको त्यहाँ पाठेघरमा केही समस्या देखायो । त्यसपछि आफैं हिँडेर भीमा प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए । अप्रेसन गरेर पाठेघर सफा गर्नुपर्ने भनियो । उनी तयार भइन् । अप्रेसन गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको थियो ।

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाई छ । डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन् ।

शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस