ओलीले भने- कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् । मन्त्रिपरिषद्को बैठकअघि शुक्रबार प्रचण्ड र ओलीबीच संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको हो ।

बैठकपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निरन्तर संसद बैठक अवरोध गरेपछि संसदको अधिवेशन अन्त्य गर्न बाध्यता भएको बताएका छन् । ‘कांग्रेसले संसद चल्न दिएन । यसैले संसदको अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बिजनेस नपाएर भन्दा पनि कांग्रेसको अवरोधको परिणाम हो’ ओलीले भने, ‘अधिवेशन अन्त्य भए पनि पछि फेरि आह्वान हुन्छ ।’

सरकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नका लागि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । संसदको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर विपक्षीहरूले यसको विरोध गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after