घरमा बसिरहेका बेला चट्याङ लागेर युवकको घटनास्थलमै मृत्यु

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।

तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री