समाचार

प्रचण्डबाट राजनीतिक बेइमानी भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । भर्खरै सकिएको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको बताए । ‘कांग्रेस सबै गठबन्धनप्रति इमानदार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौँ । तदनुसार नै काम गरौं,’ उनले भने, ‘प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो …

पुरा पढ्नुहॊस »

क्यान्सर पीडित कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर-१ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडाध्यक्षविहीन …

पुरा पढ्नुहॊस »

सहकारी ठगीमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेपछि सरकारलाई समर्थन गर्न सकिएन : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । जनमोर्चाले ६ बुँदामा समर्थन फिर्ता लिनुको कारण बताउँदै सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप जनमोर्चाले लगाएको छ । ‘प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ …

पुरा पढ्नुहॊस »

पाशुपत क्षेत्रमा यस्तो छ महाशिवरात्रिको तयारी

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भएको छ । महाशिवरात्रि आउन एकदिन मात्र बाँकी छँदा पाशुपत क्षेत्रमा भारत तथा नेपालका विभिन्न ठाउँबाट आएका जोगी र साधुसन्तहरूले अखडा जमाएका छन् । यस वर्षको महाशिवरात्रि शुक्रबार (भोलि) परेको छ । यस वर्षको महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । यसका लागि विभिन्न तयारी समिति तथा उपसमिति गठन गरेको कोषले जनाएको छ । यसवर्ष पशुपतिनाथमा साढे …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

देशभर मौसमी प्रणालीको प्रभाव ( तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । तर देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्तो छ नवनियुक्त मन्त्रीको वरियताक्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारमा एमालेले ८ वटा मन्त्रालय, माओवादीलाई ५ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय पाएको छ । वरियतामा प्रधानमन्त्री पछाडि एमालेबाट मन्त्री बनेका उपप्रधान तथा …

पुरा पढ्नुहॊस »

तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । यस्तो छ …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादी पनि दुई मन्त्रालय लिएर सरकारमा जाने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि नयाँ गठबन्धनको सरकारमा जाने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो । एक नेताका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने ।

पुरा पढ्नुहॊस »