संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए ।

सो भेटपछि अध्यक्ष ओलीले कांग्रेसको अवरोधका कारण चल्न नसकेका कारण संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस