समाचार

डीएसपीमा बढुवा भएका १९ जनाको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

पुरा पढ्नुहॊस »

आज चैते दसैँ मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी, अर्थात् चैते दसैँ । हिन्दु धर्मावलम्बीहरूले शक्तिपीठ देवीको पूजा आराधना गर्दै चैते दसैँ मनाउँदै छन् । यो चैते दसैँ पनि असोज(कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरूका अनुसार, पहिले(पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ …

पुरा पढ्नुहॊस »

डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नागढुंगा-नौबिसे मुख्य सुरुङ मार्ग वारपार, प्रधानमन्त्रीले गरे उदघाटन

काठमाडौँ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय …

पुरा पढ्नुहॊस »

मन्थलीघाटमा टिपर खस्दा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका-३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका-६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट …

पुरा पढ्नुहॊस »

काठमाडौंका सामुदायिक विद्यालयमा थप १२ हजार विद्यार्थी भर्ना लिन सकिने, प्रतिविद्यार्थी ५ हजार लगानी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा इरानले आक्रमण गरिरहेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन समेत गराएको हो । ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्’, दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलोस्तरको सभा …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको तेस्रो अधिवेशन : सभामुख नै असन्तुष्ट, के-के भए काम ? (पूर्णपाठ)

काठमाडौँ । संघीय संसदको हिउदे अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भए पनि पर्याप्य हुन नसकेको बताएका छन् । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds